नियम २०
बिमा अभिकर्ताको इजाजतपत्र दिनुपर्नेm
(१) नियम १९ बमोजिम बिमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन प्राप्त भएपछि समितिले नियम २१ बमोजिम निवेदकको योग्यता पुगे नपुगेको जाँचबुझ गरी निजलाई बिमा अभिकर्ताको रूपमा अनुसूची–८ बमोजिमको दर्ता किताबमा दर्ता गर्नुपर्ने छ ।
(२) उपनियम (१) बमोजिम निवेदकको नाम दर्ता किताबमा दर्ता गरी सकेपछि समितिले निवेदकसँग बिमा अभिकर्ताको इजाजतपत्र बापत लाग्ने पाँचसय रुपैयाँ दस्तूर लिई निजले बिमा अभिकर्ताको हैसियतबाट काम गर्न पाउने बिमा व्यवसाय समेत स्पष्ट रूपमा उल्लेख गरी अनुसूची–९ बमोजिमको ढाँचामा निजलाई बिमा अभिकर्ताको इजाजतपत्र दिनुपर्नेछ ।